भारतमा चक्रवातका कारण रेल सेवा रद्द

१७ मङ्सिर, बंगाल । भारतको इस्ट कोस्ट रेलवे सेवाले रेल सेवा रद्द गरेको छ। वे अफ बंगाललगायत क्षेत्रमा चक्रपातको जोखिम देखा परेपछि सो क्षेत्रमा सञ्चालित करिब ९५ वटा रेल सेवा रद्द गरेको हो।

सो रेल सेवा शुक्रबारदेखि आइतबारसम्मका लागि बन्द गरिने इस्ट कोस्ट रेलवेले बताएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ओडिसा लगायत क्षेत्रमा जवाद चक्रपात शनिबार बिहानसम्म पुग्ने त्यहाँको मौसम विभागले जनाएको छ।

frontline

ओडिसा, आन्ध्र प्रदेश, बे अफ बंगाल क्षेत्रमा सो चक्रपातको खतरा उच्च रहेको समेत त्यहाँको मौसम विभागले जनाएको छ।

चक्रपात केही दिनसम्म रहने हुँदा जोखिमयुक्त क्षेत्रका मानिसलाई घरबाहिर ननिस्कन स्थानिय सरकारले निर्देशन दिएको छ।

चक्रपातबारे जानकारी लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञहरुसँग छलफल गरिरहेको समेत भारतीय मिडियामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here