भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो, नेपालमा पनि घट्ला त ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु प्रयोगका लागि प्रतिसिलिण्डर १४.२ किलोग्रामको लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वा खाना पकाउने ग्यासको मूल्य १०० भारतीय रुपैयाँ (करिव १.२१ अमेरिकी डलर) ले घटाएको घोषणा गरेका छन् ।
द इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार एलपीजीको मूल्य कटौतीले करिव ३३ करोड घरपरिवारलाई फाइदा पुग्ने बताइएको छ ।
तर, नेपालमा भने खाना पकाउने ग्यासको मूल्य भने नेपाल आयल निगमले घटाएको छैन् । अब मार्च १५ तारिख अर्थात चैत २ गते मूल्य समायोजन हुँदा त्यतिबेला नै थाहा हुने आयल निगमको भनाइ छ । अहिले नेपालमा खाना पकाउने ग्यासको मूल्यको प्रतिसिलिण्डर १९१० रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्