भारतमा ओमिक्रोन तिब्र गतिमा फैलिदै, तमिलनाडुमा पनि देखियो सात बर्षिय बालकमा
१ पुस, काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तिब्र गतिमा फैलिन थालेको छ । पछिल्लो पटक महाराष्ट्र र केरलामा ४/४ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।
तमिलनाडुमा एक सात बर्षिय बालकमा समेत ओमिक्रोन पुष्टी भएको भारतीय संचारमाध्यमहरुमा समाचार छ ।
यो सँगै भारतमा ओमिक्रोन भाइरसबाट संक्रमित हुनेको संख्या ७३ पुगेको छ । तेलंगानामा समेत दुई जना विदेशी नागरिकमा ओमिक्रोनको संक्रमण भेटिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्