भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित, ४८८ को मृत्यु

९ माघ, काठमाडौं । भारतमा एकै दिन तीन लाख ३७ हजार सात सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज थपिएका सहित भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार नाघेको छ ।

frontline

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ६ सय ७६ जना निको भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा चार सय ८८ जना सहित अहिलेसम्म चार लाख ८८ हजार आठ ८४ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएर विश्वभर दैनिक संक्रमित संख्या बढेसँगै भारतमा पनि दैनिक संक्रमण पुष्टि हुनेको संख्या बढिरहेको छ ।

विश्वमा अहिलेसम्म ३४ करोड ७३ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ५६ लाख पाँच हजार भन्दा धेरैको ज्यान गैसकेको छ । २७ करोड ६८ लाख भन्दा धेरै निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here