भारतबाट नेपाल आवतजावत गर्न सकिने १३ नाका

श्रोत: ईन्टरनेट

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भारत आउजाउ गर्नेका लागि १३ वटा नाका मात्र खुला गर्ने व्यवस्था गरेको छ ।

केन्द्रको अनुमतिमा मात्रै यी नाकाबाट भारत आवतजावत गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपाल आएपछि अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

frontline

यी हुन् नेपाल आवतजावत गर्न सकिने १३ नाका
– पशुपतिनगर, इलाम काँकडभिट्टा, झापा
– जोगवनी, मोरङ
– भित्तामोड, धनुषा
– गौर, रौतहट
– वीरगन्ज, पर्सा
– नवलपुर
– बेलहिया, रुपन्देही
– कृष्णनगर, कपिलवस्तु 
– जमुनाह, बाँके
– गौरीफन्टा, कैलाली
– गड्डाचौकी, कञ्चनपुर
– झुलाघाट, बैतडी 
– पुलघाट, दार्चुला

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here