भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

 १ साउन, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

frontline

पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।

आयल निगमले अझै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी भएको जनाएकाे छ । यो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट झन्डै १० अर्ब ऋण लिन लागेको जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ ।

एक महिनाअघि प्रतिब्यारेल १ सय २० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here