भारतबाट आएका ३७ जनामा कोरोना संक्रमण पुष्टि

२४ पुस, नेपालगञ्ज । भारतबाट आएका नेपालीमा कोरोना पुष्टि हुने क्रम बढेको छ। नेपालगञ्ज नाकामा शुक्रबार ३७ जनामा कोरोना पुष्टि भएको छ।
नेपालगञ्ज नाकास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले ७ सय १० जनाको जाँच गर्दा ३७ जनामा कोरोना देखिएको बताए। भारतको महाराष्ट्रबाट आएका धेरैमा कोरोना देखिएको छ।

कोरोना पुष्टि भएकाहरूलाई एम्बुलेन्समा राखेर बालमन्दिर नजिकको आइसोलेसन सेन्टरमा लगिएको छ।

frontline

शुक्रबारदेखि नेपालगञ्ज नाकामा मास्क अनिवार्य गरिएको छ। भारतबाट आएका सबैलाई अनिवार्य मास्क लगाउन लगाइएको छ।

यो नाकामा कोरोना देखिएका अधिकांश पहाडी जिल्लाका छन्। उनीहरूलाई केही दिन आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here