भारतद्वारा माल्दिभ्स पराजित,नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

साफ यू–२० च्याम्पियनसिप फुटबलमा समूह ‘बी’ को शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसँगै नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको छ।

शुक्रवार भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई  १-० ले पराजित गरेको हो ।यस अघि नेपालले श्रीलंकालाई  १–० र बङ्गलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक पाएर समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । बङ्गलादेशले भने श्रीलंकालाई २–० ले हराएर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

frontline

समूह ‘बी’ मा भने भारत दुवै खेल जितेर विजेता हुँदै तथा भुटान एक खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । 

समूह बिको विजेता भारतले सेमिफाइनलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो संस्करणमा बङ्गलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here