भारतको बालगृहबाट तीन बालकको उद्धार

आइतबार, काठमाडौं । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ।

सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो।

frontline

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको उनले बताए।

ती बालक १५ वर्षमुनिका रहेको र उनीहरूलाई जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने रायले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here