भारतको बस दुर्घटना हुँदा मृत्यु हुने ३ नेपालीको पहिचान

२५ पुस, काठमाडौं । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जना नेपालीको पहिचान खुलेको छ ।

जिल्ला प्रसासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद र निर्मला बोहोरा रहेका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा बसका चालक भारतीय नागरिकको भने भने सनाखत हुने सकेको छैन ।

frontline

६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here