भाडा समायोजन र खोपको माग गर्दै यातायात व्यवसायीहरु आन्दोलित

श्रोत : ईन्टरनेट

काठमाडौँ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा  सवारी साधनसहित विरोध प्रदर्शन गर्दा काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त भएको छ ।

व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् ।

frontline

बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले काठमाडौंको यातायात व्यवस्था अस्तव्यस्त भएको छ  ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here