भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए । 

frontline

उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बोहराको भनाई छ ।
चोरीका सामानहरू
१. ब्लु लेवल १ थान रु.३०,२६४।– 
२. ग्लेण्डफिडिच १ थान रु.१६,१९६/– 
३. ओल्ड दरबार १ थान रु. ४,७५५/– 
४. सूर्य चुरोट – ३० थान रु.१०,२००/– 
५. आलमण्ड १५ के.जी. रु.२८,७२५/–
६. पिस्ता ८०० ग्राम १२ थान रु.२३, १९६/–
७. काजु ९०० ग्राम १० थान रु.२०,२३०/–
८. स्याफ्रान २५ थान रु.१३,७००/–
९. फिस वेल ६ थान रु. १९,५००/–

#पक्राउ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here