भाजपा जसवीर सिंहको घरमा ग्रिनेड हमला,भतिज को मृत्यु

शुक्रबार, जम्मू ।  स्वतन्त्रता दिवसको ठीक एक दिनअघि जम्मू–कश्मीरको राजौरी जिल्लामा भाजपा मण्डलाध्यक्ष जसवीर सिंहको घरमा ग्रिनेड हमला भएको छ ।

बिहीबार राति भएको यस हमलामा उनको भतिजको मृत्यु भएको छ । परिवारका अन्य सात सदस्य गम्भीर रुपमा घाइते भएका छन् । 

frontline

स्थानीय प्रहरीका अनुसार भाजपा नेताको घरको पहिलो तलाको बरन्डामा राति करिब साढे ९ बजे ग्रिनेड हमला भएको थियो ।

उनको घर खाँडली पुल नजिक रहेको छ । प्रारम्भिक जाँचमा प्रहरीलाई घटनास्थलबाट ग्रिनेडको पिन बरामद भएको छ ।

घटनामा जसवीर सिंहसहित उनका भाइ बलवीर सिंह, आमा–बुवा र परिवारका अन्य सदस्य घाइते भएका छन् ।

हमलाको समय उनको पुरा परिवार बरन्डामा एकसाथ बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here