भरतपुर महानगरमा कोरोना परीक्षण निःशुल्क

भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ ।

महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्करुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएका महानगरवासीलाई उपचार गर्दै आएको छ ।

frontline

महानगरप्रमुख रेनु दाहालले आइसोलेशमा रहेकाको पिसिआर परीक्षण पनि महानगर आफैंले गर्ने निर्णय गरेको जानकारी दिइन् । सरकारले गरिब, असहाय, कोरोना नियन्त्रणमा अग्र मोर्चामा रहेर काम गर्नेबाहेकको पिसिआर परीक्षण गर्न छोडेको छ । अन्यले आफ्नै खर्चमा पिसिआर गर्नुपर्ने जानकारी दिइन् ।

महानगरको आइसोलेशन नेपालकै नमूना भएको भन्दै उनले प्राकृतिक चिकित्सा पद्धतिबाट सङ्क्रमितको उपचार भइरहेको जानकारी दिइन् ।

स्थानीय तहले पहिलो पटक कोरोना नियन्त्रणका लागि भरतपुर महानगरले कोरोना अस्पतालसमेत स्थापना गरी सरकारी अस्पताललाई हस्तान्तरण गरेको भन्दै उनले कोरोना नियन्त्रणमा महानगरवासीको कुनै गुनासो नहुने गरी काम गरिरहेको दाबी गरिन ।

बागेश्वरी आइसोलेशनमा हालसम्म ३०९ जना भर्ना भएका छन् । जसमध्ये २४२ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ६६ जना उपचाररत छन् । त्यहाँका चिकित्सक, कर्मचारी, ठाउँको व्यवस्थापन, औषधि, दैनिक खानाको व्यवस्थालगायतका सबै खर्च महानगरले बेहोरेको प्रमुख दाहालको भनाइ छ ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाले आइसोलेशनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार गरिएको जानकारी दिए । नियमित व्यायमसँगै खानपिनमा ध्यान दिइएको छ । मधुमेह भएकालाई अरुलाई भन्दा फरक खानाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

जसका कारण १० देखि १२ दिनमा सङ्क्रमितलाई निको पार्न सकिएको कोइरालाले जानकारी दिए । आइसोलेशनमा रहेकामध्ये १० प्रतिशत लक्षण भएका छन् भने अन्य लक्षण नभएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here