भन्सार सञ्चालन गर्न मागं गर्दै जनमत पार्टीद्वारा प्रजिअलाई ज्ञापन पत्र
मेवालाल यादव
नेपाल भारतको सीमावर्ती क्षेत्रमा बासिन्दाहरु चार पाङ्गे सवारी साधन लिएर सहज रुपमा नेपाल भारत तर्फ आवत–जावत गर्न भन्दै जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
रौतहट जिल्लामा २००७ सालदेखि नै छोटी भन्सार ईशनाथ नगरपालिका वडा नं २ औरैया, वडा नं ४ लतमरी, परोहा नगरपालिका वडा नं ९ रामपुरखाप, बौधीमाई नगरपालिका वडा नं ७ बंकुल, राजदेवी नगरपालिका वडा नं ८ लक्ष्मीपुर बेलबिछवा यी स्थानहरूमा नेपाल भारत सिमानाबाट चार पाङ्ग्रेको आवत-जावत हुने गरेको तर केही दिनदेखि उक्त सिमानाहरू बाट आवत-जावत गर्न बन्द भएकोले जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल भारतको खुला सिमाना भएकोले नेपाल र भारत बिच बेटी रोटीको सम्बन्ध रहेको कुरा सर्वविदितै छ। सो सम्बन्धमा र आपसी भाइचारा, सद्भाव कायम रही रहोस् भन्ने धारणासहित आवत-जावत तथा छोटी भन्सारहरु तुरुन्तै सञ्चालन गर्नुपर्ने मांग गर्दै जनमत पार्टीको रौतहट जिल्ला इन्चार्ज शेख जमसैदको नेतृत्वमा सयौं जनमत पार्टीको कार्याकर्ताले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
समस्या तुरुन्तै समाधान भएन भन्ने जनमत पार्टीको केन्द्रिय सदस्य तथा युवा नेता बिकास कुमार यादवको नेतृत्वमा जनमत पार्टीको कार्याकर्ताले जस्तोसुकै संघर्ष गर्न तयार रहेको यादवले बताए । सो ज्ञापन पत्र बुझाउने क्रममा रौतहट क्षेत्र -२ ( क ) का बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेब , गौर नगरपालिकाको नगर अध्यक्ष प्रमोद जि , अनिता साह लगायत जनमत पार्टीको सयौं कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्