भदौ २३ र २४ को घटनाको प्रतिवेदन माग्दै पूर्वमन्त्री गुरुङले आयोगमा दिए निवेदन

एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन् ।

उक्त घटनामा आफूलाई समेत दोषी देखाइएको भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले राष्ट्रिय मानव अधिकार आयोगलाई अनुसन्धान प्रतिवेदन उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

frontline

आयोगलाई बुझाइएको निवेदनमा घटनासम्बन्धी के कस्तो प्रतिवेदन तयार भएको भन्ने जानकारीका लागि तीनवटा कागजातको प्रतिलिपि माग गरिएको छ।

जसमा पूर्वआयुक्त लिली थापाको संयोजकत्वमा गठित समितिले आयोगमा पेस गरेको प्रतिवेदनको पूर्ण पाठ, सो सम्बन्धमा आयोगले पारित गरेको प्रतिवेदनको पूर्ण पाठ तथा आयोगले तयार पारेको संक्षिप्त प्रतिवेदन उपलब्ध गराउन भनिएको छ ।

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ‌ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले पनि आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here