भगवानसँग प्रार्थना गर्छु, यो पटक साँचो अर्थमा एकता होस् : ईश्वर पोखरेल

श्रोत : ईन्टरनेट

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपालाई फेरि एकता महाधिवेशन गर्न नपरोस् भनी शुभकामना दिएका छन्। काठमाडौंमा भएको उद्घाटनसत्रमा बोल्दै उनले यसअघि पनि एकता महाधिवेशन भएको तर फेरि पार्टी चिरा परेको स्मरण गराएका थिए।

‘यसअघि पनि राप्रपाले एकता महाधिवेशन गरेको थियो। त्यो सुनेर हामी धेरै खुसी पनि भएका थियौं। तर दुर्भाग्य त्यो एकतामा चिरा परेछ। अहिले फेरि अन्तिम एकता महाधिवेशन भनिएको छ। म भगवानसँग प्रार्थना गर्न चाहन्छु। यो पटक साँचो अर्थमा एकता होस्,’ उनले भने।

frontline

उनले पार्टीहरु अलग अलग भए पनि देश बनाउने सबालमा एक हुनुपर्ने बताए। ‘हाम्रो पार्टी अलग-अलग छ। हाम्रो विचार नमिल्न सक्छन्। तर देश बनाउने सबालमा हाम्रो गन्तव्य र उद्देश्य एउटै हुनुपर्छ,’ उनले भने।

उनले अहिले देशको राजनीति दुईतिर ध्रुवीकृत भएको बताए। एउटा मुलुकमा स्थायित्वको वकालत गरिरहेको र अर्कोले राष्ट्रिय स्वाभीमानलाई लत्याउँदै हिँडेको उनको आरोप छ। ‘

एउटा शक्ति जसले मुलुकमा स्थायित्वका लागि वकालत गर्छ। आर्थिक सम्वृद्धिको वकालत गर्छ। देश बनाउने सपनाको वकालत गर्छ। तर विपरीत ध्रुवमा रहेकाहरुको विचार मिल्दैन। सिद्धान्त मिल्न पर्दैन। संविधान आवश्यक पर्दैन। राष्ट्रिय स्वाभीनको चीजलाई लत्याए हुन्छ,’ उनले भने।

उनले चितवनमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गरेको दाबी गरे।

उनले देशकै सबैभन्दा ठूलो पार्टीले प्रजातन्त्रिक विधिबाट नेतृत्व चयन गरेर देशलाई उचाइँमा पुर्‍याउन दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here