भक्तपुर नगरपालिकाको आयोजनामा सापारु (गाईंजात्रा पर्व) प्रदक्षिणामार्ग सरसफाई

२७ साउन, भक्तपुर ।  भक्तपुर नगरपालिकाले नगर  सरसफाई गरेको छ । पालिकाको आयोजनामा आगामी २७ गते नगरमा मनाइने सापारु (गाईंजात्रा पर्व)  प्रदक्षिणामार्ग सरसफाई गरेको हो । 

नगरप्रमुख सुनील प्रजापतिको नेतृत्वमा नगरभित्रको सरसफाई गरिएको पालिकाले जनाएको छ । प्रजापतिको नेतृत्वमा दरबार क्षेत्रसँगैको खौमाबाट र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको नेतृत्वबाट  वडा नं. ६ देखि १० सम्म सरसफाई गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । 

frontline

सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नपाको आयोजनामा भएको सचेतनामूलक सरसफाई कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद दिएका थिए ।

उनले नगर क्षेत्रको सरसफाईको जिम्मेवारी पालिकाको मात्रै नभएकोले स्थानीयबासीले पनि आफ्नो क्षेत्रको सरसफाई गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा विद्यार्थी, स्थानीय बासिन्दाहरुको सहभागी रहेको पालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here