भक्तपुर ताथलीमा मानव कंकाल फेला

श्रोत : ईन्टरनेट

८ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-९, ताथलीमा मानव कंकाल फेला परेको छ । प्रहरीका अनुसार ठुलोपाखा सामुदायिक वनमा मंगलबार बिहान मानवको जस्तो देखिने कंकाल फेला परेको छ । 

वनमा लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्चको मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए ।

frontline

रुखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा रहेको छ भने रुखको फेदमा कालो रंगको झोला समेत फेला परेको प्रहरीले जनाएको छ ।

झोलासँगै नाम्लोको फित्ता र झोलाभित्र चेक सर्ट, प्याक गरी राखेको रुद्धाक्ष, दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, खरानी रंगको गोल्ड स्टार जुत्ता र झोलामा रहेको पाइन्टको गोजीमा लाइटर समेत फेला परेको डीएसपी गिरीले जानकारी दिए ।

त्यसबारे विज्ञ टोलीबाट परीक्षण भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन चाँगु

poster-here