भक्तपुरमा व्यक्ति मृत भेटिए, हत्याको आशंका

१० चैत, काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।

मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

frontline

उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

उनको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएको छ । शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको प्रवक्ता नेउपानेले बताए ।

शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ ।

रगत लत्पतिएको ढुंगा समेत फेला परेको छ । रगत लत्पतिएको ढुंगा समेत फेला पर्ने र मृतकको शरीरमा चोट देखिएकाले ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार उनको दाहिने कानको लोती समेत च्यातिएको छ ।

मृतकको राईका तीन छोराहरु रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार जेठो छोरा ग्रिसमा छन् । बाँकी दुई छोरा भने नेपालमै रहेका छन् । मृतक राईसँगै अन्य दुई जना कबाडी संकलन गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । सोधपुछका लागि उनीहरुको समेत प्रहरीले खोजी गरेको छ ।

अपराधशवहत्या

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here