भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु

१२ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरेको छ । बिहीबारबाट कटुञ्जेस्थित खानेपानी ट्यांकीबाट भक्तपुर नगरपालिका १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण थालिएको हो ।

भक्तपुर नगर प्रमुख सुनिल प्रजापति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुर नगरवासीको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो ।

frontline

भक्तपुर नगरले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको नगरप्रमुख प्रजापतिले बताए ।

विगत २० वर्षदेखि खानेपानी समस्या भोगिरहेका खौमा, इटाछें, बोलाछें, टौमढीलगायत स्थानीयबासिन्दाले मेलम्चीको पानी वितरण भएपछि खुसी भएका छन् ।

खानेपानी वितरणमा ठाउँ ठाउँमा पाइप फुटेर पानी चुहिएको पाइएको र छिट्टै व्यवस्थापन गरी स्थानीयबासिन्दाको मागबमोजिम वितरण गरिने नगरप्रमुख प्रजापतिले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here