भक्तपुरमा बालिकालाई दुर्व्यवहार गरेकोआरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं । भक्तपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

frontline

प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार पक्राउ पर्ने दुबै जना शिक्षक हुन्।

एक जना तेक्वान्डो सिकाउने गुरू हुन्। उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

गुण्डुमै बस्ने शिक्षक हरिकृष्ण कोजुले ती बालिकालाई गत मंसिर १६ गते भोज खान बोलाएर दुर्व्यवहार गरेका थिए।

त्यस्तै, ती बालिकामाथि नै फेरि फागुन १ गते तेक्वान्डो सिकाउने गुरू चुलाई मुखियाले गेम खेल्न सिकाइदिन्छु भनेर बिहान साढे ६ बजे दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।

घटना भएपछि बालिकाको व्यवहार परिवर्तन भएको प्रहरी निरीक्षक लोक जिसीले बताए।

‘घटनाभएपछि व्यवहारमा परिवर्तन आयो।

आमाले छोरीसँग कुरा गर्दा बालिकाले घटनाबारे भनेपछि बुधबार जाहेरी आएको थियो,’ प्रहरी निरीक्षक जिसीले भने।

जाहेरी आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here