भक्तपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

८ फागुन, काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।

भक्तपुरको चाागुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे ठक्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो ।

frontline

उनी काभ्रेको महाभारत गाउापालिका-२ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यरत सूर्यबहादुर मगरकी छोरी हुन् ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिनितालाई ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचार गरी थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचार गर्दागर्दै आज बिहान ४ बजे बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

टिपर चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here