भक्तपुरमा कार्यक्रम गरी विश्व ब्याडमिन्टन दिवस मनाइयो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं ब्याडमिन्टन एकेडेमीले भक्तपुरमा विश्व ब्याडमिन्टन दिवस २०२५ भव्य रूपमा सम्पन्न गर्यो।
  • कार्यक्रममा २०० भन्दा बढी सहभागीहरूले खेल, समावेशीता र समुदायलाई जोड्ने उद्देश्य राखिएको थियो।
  • नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलले एकता र सम्बन्ध सुदृढ बनाउने बताए।

frontline

२१ असार, काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघ र भक्तपुर नगरपालिकाको सहकार्यमा विश्व ब्याडमिन्टन दिवस २०२५ भव्य रूपमा सम्पन्न गरेको छ।

‘गली ब्याडमिन्टन – सबैका लागि ब्याडमिन्टन, गलीदेखि गौरवसम्म’ नारासहितको कार्यक्रममा खेल, समावेशीता र समुदायलाई जोड्ने उद्देश्य राखिएको थियो।

भक्तपुरका गल्ली र चौतारामा आयोजित कार्यक्रममा ५ देखि ९१ वर्ष उमेर समूहका २०० भन्दा बढी सहभागीको उपस्थिति थियो। प्यारा खेलाडी, विद्यार्थी, महिला, जेष्ठ नागरिकलगायतको सहभागिता उल्लेखनीय रह्यो।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै समुदायमा खेलले एकता र सम्बन्ध सुदृढ बनाउने बताए। कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष, स्थानीय निकाय प्रतिनिधि, पूर्व खेलाडीहरू र प्रशिक्षकहरूको उपस्थिति थियो।

विद्यालयस्तरीय प्रतियोगिता, बीडब्लुएफ कोचमार्फत प्रशिक्षण, र नेपालकी नम्बर १ महिला खेलाडी रशिला महर्जनको उपस्थिति कार्यक्रमको आकर्षण बने। साथै, स्थानीय ब्याडमिन्टन विकासमा योगदान गर्ने अम्पायर राधेश्याम मछामाछी र प्रशिक्षक सबिन ढुंगेललाई सम्मान गरिएको थियो।

केबीए अध्यक्ष रिता बिष्टले कार्यक्रमले समुदायमै खेल पुर्‍याउने अभियान भएको बताउनुभयो भने सचिव दीपक थापाले खेल र संस्कृतिको समावेशी विकासमा योगदान गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।

गोल्डेन गेट कलेज, विभिन्न संस्था र व्यक्तिगत सहयोगदाताहरूको सहयोगमा सम्पन्न कार्यक्रमले खेल, संस्कृति र समुदायलाई जोड्दै सामुदायिक पर्यटन प्रवर्द्धनमा पनि टेवा दिएको छ।

विश्व ब्याडमिन्टन दिवस

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here