भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको शव फेला

काठमाण्डु । भक्तपुरमा इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ ।

सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा बालकको शव भेटिएको हो ।

frontline

महानगरीय प्रहरी परिसर भक्तपुरकाअनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीका राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो ।

गएरातीदेखि हराएका बालकको शव आज पानी जमेको पोखरीमा भेटिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here