भक्तपुरको सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षण निःशुल्क गर्ने

भक्तपुरको सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । नेपाल सरकारले केही दिनअघि पीसीआर परीक्षणका लागि शुल्क लाग्ने भनेको थियो तर सूर्यविनायक नगरपालिकाले भने निःशुल्क गर्ने भएको हो ।

दशैँअघिदेखि बन्द भएको कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण फेरि सुरु हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिए ।

frontline

भक्तपुर जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले यसैलाई मध्यनजर गरि नगरपालिकाले निःशुल्क परिक्षण गर्ने निर्णय गरेको नगरप्रमुख थापाले जानकारी दिए ।

सरकारले शुल्क तोकेपछि संक्रमणका लक्षण देखिएकाहरू पनि परीक्षण नगराई घरमै बस्ने भएकाले संक्रमण अझ बढ्न सक्ने हुँदा नगरपालिकाले निःशुल्क बनाएको चापागाईंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here