भक्तपुरको कमलपोखरी व्यक्तिको नाममा सुटुक्क दर्ता

भक्तपुरको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ नेतृत्वमा स्थानीयले बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाबाट जोगाउन माग गर्दै प्रदर्शन गरेका छन् । जनप्रतिनिधि र संरक्षण समितिका संयोजक गणेशमान चक्रधरको नेतृत्वमा स्थानीयले पुनरावेदन अदालतमा कमलपोखरी जोगाउन माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।सार्वजनिक रूपमा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वको उक्त कमलपोखरीको गैरकानुनी रूपमा किनबेच भई व्यक्तिको नाममा दर्ता भएपछि नगरप्रमुखको नेतृत्वमा स्थानीयले प्रदर्शनी गरेका हुन् । तत्कालीन बोडे गाउँ पञ्चायत वडा नम्बर ६ कित्ता नम्बर १ को पोखरीले ओगटेको १५ रोपनी ९ आना सार्वजनिक जग्गा ३१ असार २०४२ मा कान्छी पोडेनीको नाममा दर्ता भएको हो । २२ माघ २०५१ मा अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौंको ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास ……………

 https://frontlinecheck.com/public/user/madhyapur

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here