ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक व्यक्तिको मृत्यु

१४ साउन, ब्राजिलिया । ब्राजिलमा मङ्कीपक्सबाट पहिलो पटक मानवीय क्षति भएको छ। ब्राजिलमा मङ्कीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको त्यहाँका  सरकारी अधिकारीहरूले शुक्रबार पुष्टि गरेका हुन्।

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्य अन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  बिरामी भएपछि ती व्यक्तिलाई उपचार गराइएको भए पनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन्। 

frontline

उनलाई क्यान्सर लगायतका अन्य गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाई छ।

मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन। ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो। 

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्रै ४४ जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको जनाएका छन्। अरु १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here