ब्राजिलमा भिषण बाढी, १८ को मृत्यु, आपतकाल घोषणा

१७ माघ, एजेन्सी । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ ।
यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् ।




ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो शहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भन्नुभएको छ– हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।
उहाँले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ– हामी उद्धारका काममा जुटिरेहका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ ।
करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ ।
बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ ।
मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्