ब्राजिलमा बाँध भत्किएपछि आएको बाढीका कारण २० को मृत्यु

१३ पुस, ब्राजिलिया  । ब्राजिलको बहिया प्रान्तमा बाँध भत्किएपछि आएको बाढीका कारण कम्तीमा २० मानिसको मृत्यु भएको छ।

बाहिया प्रान्तमा सोमबार दुईवटा बाँध भत्किएपछि आएको बाढिका कारण ति मानिसको मृत्यु भएको हो।

frontline

करिब १ करोड ५० लाख मानिसको बसोबास रहेको बाहिया प्रान्तमा दुई दिनअघि पानीको भार थेग्न नसक्दा दुईवटा बाँध भत्किएका थिए।

सो बाँध भत्किएपछि आएको बाढिमा परि कम्तीमा २० जनाको मृत्यु भएको स्थानिय मिडियाले जनाएका छन्।

स्थानीय मिडियाका अनुसार सो क्षेत्रका ७२ वटा नगरपालिकामा संकटकालको घोषणा गरिएको छ।

स्थानीय सरकारले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सर्न सूचना जारी गरेको छ।

उद्धारकर्मीहरुले प्रभावित क्षेत्रबाट हालसम्म करिब ३ सय मानिसको उद्धार गरेको बताइएको छ।

बाढीका कारण १६ हजार मानिस घरबारविहिन भएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here