ब्राजिलमा दुईवटा बाँध भत्किदा भीषण बाढी आउने खतरा

१३ पुस, ब्राजिलिया । उत्तरपुर्वी ब्राजिलमा दुईवटा बाँध भत्किदा भीषण बाढी आउने चेतावनी दिइएको छ।

आइतबार दुईवटा बाँध भत्किएपछि त्यहाँको सरकारले सामाजिक सञ्जालमार्फत बाढीको चेतावनी दिएको हो।

frontline

जुसेपी र इताम्बे शहरमा बाढीको उच्च जोखिम रहेको भन्दै त्यहाँका हजारौ बासिन्दाले घर छोडेको एबिसि न्युजमा खबर छ।

त्यहाँको सरकारले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बाढिको जोखिम कायमै रहेको भन्दै उद्धार कार्य जारी राख्न र स्थानियलाई सुरक्षित रहन सुचना जारी गरेको छ।

‘पानीको क्षमता उच्च भएका कारण बाँध भत्किएको छ। बाँधको पानी शहर र नगरपालिका क्षेत्रतिर पुगिरहेकोले सबैजना सुरक्षित रहनुहोला।

हामीले नागरिकहरुको उद्धार र सुरक्षाका लागि प्रयास गरिरहेका छौ’ सरकारद्धारा जारी सुचनामा भनिएको छ।

गत नोभेम्बरदेखि हालसम्म सो क्षेत्रमा बाढिका कारण १८ मानिसको मृत्यु भएको।

सो बाढिका कारण  ५० वटा शहरका करिब १६ हजार मानिस घरबारविहिन बनेका थिए भने कम्तीमा १९ हजार ५ सय मानिस विस्थापित बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here