बौधिमाइ नगरपालिका भित्र सार्वजनिक ठाँउमा नगर प्रमुख यादवद्वारा दाउराको व्यवस्था

मेवालाल यादव

२३ पुस, रौतहट । रौतहटको बौधिमाइ नगरपालिकाले नगरपालिका भित्रको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।

frontline

केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि चिसो छल्नको बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजिव रन्जन यादवले दाउराको व्यवस्थापन गरेको हो ।

मुख्य सडक ,चौक सरकारी कार्यालय , लगायतका ठाउँमा आगो ताप्नको लागि दाउराको व्यस्था गरिएको नगर प्रमुख यादवले जानकारी दिएका छन् ।

बौधिमाइ नगरपालिकामा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाई न्यानो हुनको लागि ठाउँ ठाउँमा दाउरा व्यवस्थापन गरे पछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।

मोटर साइकल चलाउनेलाई चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवं बाल बालिकालाइ न्यानो लुगा लगाएर राख्न समेत यादवले आग्रह गरेका छन् ।

बाल बालिका , बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

बर्षात पछि निरन्तर रुपमा चलि रहेको हावाको कारण बढेको चिसोले जनजीवन प्रभावित हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here