बौद्ध घटना : शव पहिचान गर्न मुख्य समस्या

काठमाडौं ।  काठमाडौंको बौद्धमा फेला परेको शवको खुट्टा कसको हो भन्ने खुल्न सकेको छैन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा शवको खुट्टा फेला परेको थियो ।

frontline

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छुट्टा छुट्टै टिमले घटनाको अनुसन्धान गरिरहेका छन् ।

प्रहरीको अनुसन्धानबाट चारजना युवाले बोरामा लगेर सो शव फालेको भेटिएको छ ।

घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजबाट चारजनाले बोरामा शवको खुट्टा फालेर नयाँबस्तीका फुटबल मैदान हुँदै हिँडेको देखिएको छ ।

तर, शव फाल्नेहरूको पहिचान हुन सकेको छैन ।

हराएका व्यक्तिमा केन्द्रित रहेर अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

 ‘पीडितको सम्पर्कमा पुग्न सकेका छैनौं’ एसएसपी खापुङले भने, ‘अनुसन्धान भइरहेको छ ।’

त्रिवि शिक्षण अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रहरीलाई दिएको छ ।

तर, अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सो रिपोर्ट सार्वजनिक गरेको छैन ।

प्रहरी स्रोतका अनुसार बोरामा पोको पारेको शवमा दुईवटै खुट्टा भएको तर एउटा खुट्टाको मासु काटेर हड्डी निकालेको देखिएको छ ।

शव पहिचान गर्न मुख्य समस्या भएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाल ।

शव पहिचानमा अनुसन्धान केन्द्रित गरेका छौं’ एआईजी पालले भने–‘मान्छे पहिचान गरेपछि अनुसन्धान सहज हुने थियो तर, पहिचानमा समस्या भइरहेको छ ।’

त्रिवि शिक्षण अस्पतालले शवको डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।

डीएनए परीक्षणबाट महिला, पुरुष र उमेर खुल्ने चिकित्सकहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले प्राविधिक विश्लेषण पनि गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

poster-here