बौद्धिमाई नपा मटिअर्वा टोलमा १०७ सदस्य कमिटी जसपाको गठन कार्यक्रम सम्पन्न
मेवालाल यादव
बंकूल । असोज १६ गते रौतहटको बौद्धिमाई नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपाल,रौतहट बौद्धिमाई नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम बौद्धिमाई नगरपालिकाको वडा नम्बर ३ मटिअर्वामा सम्पन्न भएको छ।
जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादव र सिताराम पटेलको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भमा मधेशको लागि बलिदानी दिएका ज्ञात-अज्ञात सहिदहरूकाे सम्झनामा एक मिनेटको मौन धारण गरिएको थियो ।
जसपा शिक्षक संघको जिल्ला अध्यक्ष कामेश्वर यादवले जसपा सुज कार्यक्रमको उदघोसन गर्नु भएको हो। बौद्धिमाई नपाको नगर स्तरिय कार्यक्रम अन्तर्गत जसपाको यस सुज अभियान अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि जसपाको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं.२ विधानसभा ‘ख’ को विधायक माननीय रामकिशोर यादव उर्फ किशोरी यादवले कार्यक्रमकाे उदघाटन गर्नु भएको थियोे ।
कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ३ मटिअर्वा निवासी जसपाको युवा नेता मनि भुसन साह, लक्ष्मी प्रसाद यादव , अनिल यादव , राम अधार पटेल लगायतका कार्यकार्ताले गर्नु भएको थियो ।
जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रमको यस अवसरमा बौद्धिमाई नपा अन्तर्गतका वडा नं ३ मा १०७ सदस्य वडा कमिटीमा चयन गर्नु भएको हो।
जनता समाजवादी पार्टी नेपाल प्रदेश सान्सद तथा रौतहटको चर्चित बिधायकले जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले शुभकामना दिदै संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रम जनता समाजवादी पार्टीको केंद्रीय निर्देशन अनुसार मुख्य उद्देश्य पार्टिलाई जरादेखि नै बलियो बनाउनु , पार्टी संगठन सुदृढ गरी अगामी निर्वाचनमा जसपा पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन र संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सबै जसपाका नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद तथा रौतहटको चर्चित बिधायक रामकिशोर यादव , बिशिस्ट अतिथि बौधिमाइ नगरपालिका नगर प्रमुख राजिव रन्जन यादव, वडा अध्यक्ष हिरदेनारायन यादव , मनोज पटेल , केन्द्रिय सदस्य विन्देश्वर यादव ,बौद्धिमाई नपाको वड़ा नं १ देखी ९ सम्मका जसपाका वडा प्रत्यासीहरु,नपा भरिका नेता कार्यकर्ताहरू लगायत आम सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्