बौद्धको टाउन प्लानिङमा बोराभित्र व्यक्तिको एउटा खुट्टा फेला

 काठमाडौं । बौद्धको टाउन प्लानिङमा भेटिएको बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ ।

सुरुमा शव फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो ।

frontline

घटनास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए ।

फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई-तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएको एसएसपी सिंहले बताए

घटना अन्तै गराएर खुट्टा बौद्धमा व्यवस्थापन गरिएको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रहरीले कोही मानिस हराएको सूचनाको अध्ययन गरी घटनाको अनुसन्धान प्रक्रिया थालेको एसएसपी सिंहले बताए ।

खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

मानिसको खुट्टा भेटिएको स्थान नजिकै घर भएका सुन्दर खनालले मंगलबार बिहान पूजा गर्ने दूबो टिप्न बाहिर निस्किएका व्यक्तिले सिमेन्टको बोराभित्र खुट्टा देखेपछि आफूलाई खबर गरेको र आफूले शव भेटिएको भनेर प्रहरीमा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here