बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु

८ मंसिर, सिन्धुली । सिन्धुलीमा कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका ८ कल्याणि मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्राप्त जानकारी अनुसार ना ३६ प ५७९ नम्बरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । घटनापछि आक्रोशित भीडले मोटरसाइकललाई ठक्कर दिने बोलेरो आगो लगाएर जलाएका छन् भने विपि राजमार्ग अवरुद्ध पारेका छन् ।

frontline

घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा ठुलो संख्यामा स्थानीय र प्रहरी  उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here