बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हलेसी तुवाचुङ

 खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनका लागि हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

नगरपालिकाले ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, (क) र (ख) वर्गका अपांग र दलित बालबालिकालाई बिहिबारदेखि साल्पा बिकास बैंकमार्फत तेश्रो चौमासिक अन्तरगतको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

frontline

क्रमशः अन्य वडाका लाभग्राहीलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकामा महिला १ हजार ८३१ जना र पुरुष १ हजार ११४ जना गरी २ हजार ९४५ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि माछापुछ्रे बैंकसँग सम्झौता गरेको थियो । सम्झौता अनुशार २०७६ साल असारमा बैंकमार्फत चौथो चौमासिकको भत्ता वितरण गर्दा २५ लाख रकम फिर्ता भएको मेयर राईले बताए ।

कोभिड–१९ को महामारी सुरु भएपछि भने नगरपालिका आफैले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । सिंगो नगरपालिकाभित्र एउटा बैंकले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्न नभ्याएकाले थप दुई वटा बैंकसँग सम्झौता गरिएको मेयर राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here