बैंकद्वारा लाभांश घोषणा, पहिलो नम्बरमा नबिल

सान्केतिक तस्बिर

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिदै आएकोमा यस वर्ष गत वर्षको भन्दा धेरै ३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

frontline

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरमा जानु अघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । तेस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने कुमारी बैंक देखिएको छ । कुमारी बैंकले २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस गरी ८.६७ प्रतिशत लाभांश दिने भएको छ ।

उता एभरेष्ट बैंकले भने हालसम्मकै कम लाभांश दिने घोषणा गरेको छ । एभरेष्टले ४.३२ प्रतिशत र ६ प्रतिशत बोनस शेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सि.नं.बैंकको नामनगद लाभांशशेयर लाभांशकुल लाभांश (प्रतिशतमा)
१नबिल बैंक४.४३३.६३८
२हिमालयन बैंक४.६२२१.३८२६
३सानिमा बैंक०.८९१७१७.८९
४नेपाल बैंक३१४१७
५नेपाल इन्भेष्टमेन्ट बैंक३.३९१२.६११६
६सिटिजन्स बैंक३.०९१२.९११६
७एनआईसी एशिया बैंक०.७९१५१५.७९
८नेपाल बंगलादेश बैंक३.५१२१५.५
९सिद्धार्थ बैंक०.७५१४.२५१५
१०माछापुछ्रे बैंक०.७१३.३१४
११ग्लोबल आईएमई बैंक३.५१०१३.५
१२स्टाण्डर्ड चार्टर्ड बैंक३.०६१०१३.०६
१३कुमारी बैंक२.६७६८.६७
१४बैंक अफ काठमाडौं४१०१४
१५एनएमबी बैंक ३.३१२.५१५.८
१६एभरेष्ट बैंक४.३२६१०.३२

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here