बेल्जियममा मानिसको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु

७ चैत्र, काठमाडौं । बेल्जियममा मानिसहरको भीडमा जथाभावी कार चलाउँदा ६ जनाको मृत्यु भएको छ ।

बेल्जियमको राजधानी ब्रसेल्सबाट ५० किलोमिटर दक्षिणमा रहेको स्ट्रेपी ब्राकोइनेश शहरमा घटना भएको हो ।

frontline

परम्परागत जात्रामा सहभागी भइरहेका मानिसहरको भीडमा तीब्र गतिमा गुडिरहेको कारले ठक्कर दिएको बताइएको छ ।

घटनामा अरु ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

शहरका मेयर ज्याक्स गोबेरले जनाएअनुसार उक्त जात्रामा १५०–२०० जना सहभागी थिए ।

तीब्र गतिको कारले जात्रामा मानिसहरूलाई किच्दै १ सय मिटर परसम्म पुगेको बताइएको छ ।

घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएपनि घटना आतङ्कवादी आक्रमण भने नभएको प्रहरीले जनाएको छ ।

कारचालक र कारमा सवार केही मानिसहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएपनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here