बेलायती महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय
२४ भदो, काठमाडौं । नेपाल सरकारले बेलायती महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबारदेखि सोमबारसम्म शोक मनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यस अवधिमा नेपालभरका सरकारी कार्यालयसहित विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
एलिजाबेथको गएराति निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्