बेलायती महारानीको निधनप्रति श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुगे बेलायती दूतावास

प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंस्थित बेलायती दूतावास पुगेर बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शनिवार बिहान देउवा काठमाडौंस्थित बेलायती दूतावास पुगेको उनको सचिवालयले जानकारी दिएको छ ।

frontline

दूतावासमा राखिएको शोक पुस्तिकामा प्रधानमन्त्री देउवाले शोक सन्देश उल्लेख गरेर बेलायती महारानीको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । 

मन्त्रिपरिषद् बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै नेपालमा पनि तीन दिन शोक मनाउने निर्णय गरेको थियो ।

बेलायती महारानी एलिजावेथ द्वितीयको गत बिहीवार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here