बेलायतमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

५ पुस, बेलायत । बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ भने संक्रमित हुनेको संख्या झण्डै २५ हजार पुगेको छ ।

बेलायतको स्वास्थ्य सुरक्षा निकायले ओमिक्रोन भेरियन्टबाट शनिबार मात्रै १० हजारभन्दा बढी संक्रमित थपिएसँगै हालसम्म संक्रमित संख्या २४ हजार ९६८ जना पुगेको जनाएको छ ।

frontline

संक्रमितमध्ये ७ जनाको मृत्यु भएको जनाएको हो । त्यस्तै, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ ।

पछिल्लो समय बेलायत ‌ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ । शनिबार ९० हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् ।

निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टले डेल्टालाई उछिन्दै इङल्याण्ड र स्कटल्याण्डमा प्रमुख भेरियन्टको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय इरानमा समेत ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेका छन् । योसँगै हालसम्म ९० मुलुकमा यो भेरियन्ट फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here