बेलायतमा ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

६ पुस, लन्डन । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन्। 

frontline

योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन्। बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ।

यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए। बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै भएको छ।

बेलायतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै ९३ हजार ४५ जना सङ्क्रमित भएका थिए। त्यसपछि भने घट्दै गएको छ।

सङ्क्रमित भएकाहरुको सङ्ख्याको तुलनामा मृत्यु भएकाहरुको सङ्ख्या भने सामान्य नै देखिएको छ। पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here