बेलबारीका जेष्ठ नागरिकलाई सम्मान, गर्भवति र सुत्केरी महिलालाई पोषिला खानेकुरा वितरण

फ्रन्टलाइन खबर, मोरङ । मोरङको बेलबारी नगरपालिकाले आफना नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले ९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलााई न्यानो कपडा सुईटर बलाङकेट वितरण गरेको छ । १ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
सबै वडामा पुगेर जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ । सम्मान पाउँदा जेष्ठ नागरीकहरु समेत खुसि भएका छन । सम्मान पाँउदा छोरा छोरी जस्तै लागेको भन्दै जेष्ठ नागरिकले खुशी व्यक्त गरे । छोरा छोरीले जस्तै गरेर मेयर आफै आएर सम्मान पाउदाँ धेरै खुसिलागेको बेलबारी २ की ९३ बर्षीय हरी माया कँडेलले बताइन ।
यस्तै गर्भवती तथा सुत्केरी महिलालाइ पोषिलो खाना तथा न्यानो कपडा वितरण गरिएको छ । नगर क्षेत्र भित्रका १ सय ४५ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई हर्लिक्स,नुन,चिनि,खाने तेल,प्रोटिन दाल,सरफ,डिटोल साबुन,बेबि गिफ्ट,सेनिटरि प्याड,ज्वानो र अन्डा लगायतका सामाग्रि वितरण गरीएको थियो । एक्टिभ नेपालको सहयोगमा सामाग्रि वितरण गरीएको हो ।
स्विस कन्ट्याक्ट् नेपाल अन्तर्गतको एक्टिभ नेपालको आयोजना ५ वटा स्थानिय तहमा सामाग्रिहरु वितरण गरीएको एक्टिभ नेपालका डाइरेक्टर सुमन कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here