बेलकामा औद्योगिक ग्राम

उदयपुरका दुई वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि यो वर्ष एक करोड ८४ लाख रुपैयाँ खर्च गरिने भएको छ। गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्लाको रौतामाई गाउँपालिका र बेलका नगरपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि सरकारले प्रक्रिया अघि बढाएको हो। मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेसँगै सम्बन्धित पालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको छ। सम्झौताअनुसार चालू आर्थिक वर्षमा पूर्वाधार विकासका १४ शीर्षक र संरचनातर्पm ९ शीर्षकमा दुवै पालिका ९२÷९२ लाख खर्च गर्न सकिनेछ।

पूर्वाधारतर्फ जग्गा विकाससम्बन्धी कार्य, ग्रामका लागि आवश्यक पहुँच मार्ग, ग्रामभित्रको मुख्य तथा सहायक मार्ग, मुख्य मार्गको साइडमा पैदल मार्ग, विद्युत् प्रसारण लाइन तथा आवश्यकताअनुसार सबस्टेसन, ट्रान्सफरमर, विद्युत् वितरण लाइन, वैकल्पिक ऊर्जाको व्यवस्था शीर्षकमा खर्च गर्न सकिनेछ। त्यसैगरी गोदाम घर, पानी आपूर्तिको व्यवस्था, भूमिगत तथा सतही ढल निकासको व्यवस्था, औद्योगिक फोहोर पानी प्रसोधन संयन्त्रको व्यवस्था, सञ्चार लाइनको प्रबन्ध, सडक बत्तीको व्यवस्था र सम्बन्धित ग्राम निर्माणका लागि अत्यावश्यक अन्य पुँजीगत खर्चमा पनि खर्च गर्न सकिनेछ।संरचना निर्माणतर्फ औद्योगिक ग्रामको लागि प्रशासनिक भवन निर्माण, बैंक तथा वित्तीय संस्थाको भवन निर्माण, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री केन्द्र, सार्वजनिक शौचालय तथा स्थान गृह, चमेना गृह, पार्किङ तथा आरामस्थल र प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्न सकिनेछ। आफ्नो स्रोत र प्रदेश सरकारको लागत सहभागिताको दोहोरो नपर्ने गरी उपयोग गर्न सकिने व्यवस्थालाई खुला गरेको रौतामाईका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए।

frontline

यसरी उपलब्ध गराइएको रकम स्थानीय तहको विनियोजन ऐन, सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४, सार्वजनिक खर्चमा मितव्ययिता तथा प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन २०७५ लगायत वित्तीय अनुशासन कायम गराउनुपर्ने प्रावधान राखिएको छ।त्यस्तै सम्झौता भएको १५ दिनभित्र आफ्नो स्रोतबाट विस्तृत सम्भाव्यता अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र स्वीकृत प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्ने, यसो गर्दा वातावरण संरक्षण ऐन २०७६ लाई मध्यनजर गर्नुपर्नेलगायत रहेको अध्यक्ष खड्काले बताए। छरिएर रहेका साना उद्योगलाई एकीकृत गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सरकारले पालिकामा औद्योगिक ग्रामसम्बन्धी नयाँ कार्यक्रम अघि सारेको मन्त्रालयका सहसचिव बलराज रिज्यालले बताए। स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी साना उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्यअनुरूप कार्यक्रम अघि सारिएको उनको भनाइ छ।

मन्त्रालयले औद्योगिक ग्राम स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिएको थियो। मन्त्रालयको परिपत्रका आधारमा जिसस प्रमुख खड्गबहादुर परियारको नेतृत्वमा कृषि, पशु, घरेलु उद्योगका प्राविधिकसहितको टोलीले रौतामाईको वडानं ५ को सुकेपोखरी र बेलका नगरपालिका आसपास क्षेत्रमा स्थलगत अध्ययनपछि प्रतिवेदन पठाएको थियो।टोलीले औद्योगिक ग्रामका लागि चाहिने न्यूनतम ४० रोपनी जग्गा, सडक सञ्जाल, विद्युत्, भूबनोट, हावापानी, जग्गाको अवस्था, मौसम, विकासको अवस्था, बस्ती, आर्थिक विपन्नता, उद्योग स्थापनाका लागि चाहिने आवश्यक कच्चापदार्थको अवस्था, जनसंख्या, ढुवानी, बजारीकरणलगायत विषयमा सम्भाव्यता अध्ययन गरेको थियो।

उनले जग्गाजमिन र भौगोलिक आधारमा बेलका र रौतामाई दुवै क्षेत्र उपयुक्त रहेको बताए। टोलीका सदस्य घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका प्रमुख पाक्रम खाँ ले रौतामाई क्षेत्र वातावरणीय हिसाबले उपयुक्त भएको बताए। सो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुन्तला जोन कार्यक्रम सञ्चालनमा रहेको र अदुवा, बेसार, तरकारी खेती पनि सञ्चालनमा रहेकाले औद्यौगिक ग्राम स्थापनामा सहज भएको हो।गाउँपालिका उपाध्यक्ष कुमारी राना ठकुरीले गाउँपालिका खनिज तथा धातुपदार्थ सिसा, तामा, फलाम, चुनढुंगाले भरिपूर्ण रहेको क्षेत्र भएकाले औद्योगिक ग्रामका लागि उपयुक्त रहेको बताइन्।

https://frontlinecheck.com/public/user/triyuga

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here