बेपत्ता विष्टको शव फेला

कञ्चनपुर, २३ असोज (रासस) : महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो । बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए ।

frontline

प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो । नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो ।

विष्टसँगै गएका प्रेम भट्टलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here