बेइजिङबाट पूर्व राष्ट्रपति कान्सु प्रान्तको भ्रमणमा

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजधानी बेइजिङबाट उत्तर पश्चिमको कान्सु प्रान्त पुग्नुभएको छ । उहाँसँग चिनियाँ कम्युनिष्ट पार्टीको कान्सु प्रान्तीय कमिटीका उपसचिव तथा गभर्नर रेन जेन्हेले भेटवार्ता गर्नुभएको छ । 

भेटमा पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी ले सन् २०१९ मा गर्नुभएको नेपाल भ्रमण र सोही वर्ष राष्ट्रपतिको हैसियतमा आफूले गरेको चीन भ्रमणमा भएका समझदारीहरुको स्मरण गर्नुभएको बताइन्छ । 

frontline

चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपतिले १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । उहाँ शनिबार राति काठमाडौंबाट क्वाङ्चौ हुँदै बेइजिङ जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here