बूस्टर डोज ओमिक्रोन विरुद्द ८० प्रतिसत प्रभावकारी

४ पुस, बेलायत ।  कोभिड बूस्टर डोजले ओमिक्रोन भाइरस विरुद्द ८० प्रतिसत प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ ।

बूस्टर डोजले गम्भीर विरामी हुनबाट जोगाउने सो अध्ययानले देखाएको छ ।

frontline

बूस्टर डोज कोरोनाको अघिल्ला भेरियन्ट भन्दा कम प्रभावकारी हुने बीबीसीमा समाचार छ ।

तर बूस्टर डोजले ओमिक्रोन लागिहाले पनि अस्पताल भर्ना हुनबाट जोगाउने बताइएको छ ।

बेलायतका अनुसन्धानकर्ताहरुले यस्तो तथ्य निकालेका हुन् । कोरोना भाइरस विरुद्द बनाइएका खोपहरु धेरै पटक उत्परिवर्तन भएर आएको ओमिक्रोन विरुद्द पूर्ण रुपमा प्रभावकारी नहुन सक्ने बताइएको छ ।

अहिले प्रयोगमा आएका खोपहरु सुरुमा देखिएको कोरोना भाइरस विरुद्द बनाइएका खोपहरु हुन् ।

उत्परिवर्तित भाइरस विरुद्द खोपहरु बनेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here