बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

१५ असोज, सुनसरी । जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डल पक्राउ परेकी छन् ।

गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

frontline

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here