बुस्टर डोज दिने सरकारको तयारी
१९ मंसिर, काठमाडौं । सरकारले बुस्टर डोज दिने तयारी गरेसँगै प्राथमिकतासमेत निर्धारण गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवे लाल कर्णका अनुसार दुई मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई ‘बुस्टर’ डोज दिइने छ। त्यस्तै दीर्घरोगी पनि प्राथमिकतामा पर्नेछन्।
सरकारले बुस्टर डोज उपलब्ध गराउन सूची तयारी गर्दैछ। सोहीअनुरुप खोप अभियान खघि बढ्ने स्वास्थ्य मन्त्री विरोध खतीवडाले बताए।
‘प्रधानमन्त्रीज्युले बुस्टर डोज उपलब्ध गराउने निर्देशन दिइसक्नुभएको छ। अब प्रक्रिया अघि बढाउँछौं,’ संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले भने।
सरकारले हालसम्म करिब ५० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्